+
+

कमला ह्यारिसलाई भोट हाल्ने पपस्टार टेलर स्वीफ्टको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १२:३३

काठमाडौं । पपस्टार टेलर स्वीफ्टले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्ने औपचारिक घोषणा गरेकी छन् ।

२८ करोड ३० लाखभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्राम पृष्ठबाट पोस्ट गर्दै स्वीफ्टले ह्यारिसलाई मतदान गर्ने बताएकी हुन् । नेपाली समयानुसार बुधबार बिहान भएको राष्ट्रपतीय चुनावका दुईजना उम्मेदवारबीचको बहस सकिएलगत्तै पपस्टार स्वीफ्टले आफ्नो धारणा राखेकी हुन् ।

विशेषगरी युवा मतदातालाई आफूतिर आकर्षित गर्ने प्रयास गरेकी वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेटिक दलकी उम्मेदवार ह्यारिसको पक्षमा सुपरस्टार स्वीफ्ट खुल्नुलाई ह्यारिसको अभियानका लागि ठूलै राहत मानिएको छ ।

हातमा बिरालो समातेको फोटोसहितको लामो क्याप्सनमा स्वीफ्टले आफू किन ह्यारिसको पक्षमा खुलेको भनेर समेत उल्लेख गरेकी छन् । ‘तिमीहरुमध्ये धेरैजस्तै आज राति मैले पनि बहस हेरें’ इन्स्टाग्राममा स्वीफ्ट लेख्छिन्, ‘सन् २०२४ को चुनावमा म कमला ह्यारिस र टिम वाल्जलाई भोट दिनेछु । म कमला ह्यारिसलाई भोट गर्दैछु किनभने उनी अधिकारका लागि लड्छिन् र उनीहरूलाई च्याम्पियन हुन योद्धा चाहिन्छ भन्ने मलाई विश्वास छ ।’

उनले उक्त पोस्टमा ‘चाइल्डलेस क्याट लेडी’को रुपमा आफूलाई पेश गरेकी छन् । उनले यो लेखेर रिपलिब्कन दलका उम्मेदवार डोनाल्ड ट्रम्पको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार जेडी भेन्सीलाई जवाफ दिएको बताइएको छ । ओहायोको एक चुनावी र्‍यालीमा भेन्सीले गायिका स्वीफ्टलाई लक्षित गर्दै ‘चाइल्डलेस क्याट लेडी’ बताएका थिए ।

स्वीफ्टको समर्थन डेमोक्र्याटबीच धेरै अपेक्षित थियो । सन् २०१६ को चुनावमा आफूले ट्रम्पको विरुद्धमा बोल्न नसकेकोमा स्वीफ्टले खेद समेत व्यक्त गरेकी छन् । पछिल्लो समय उनी गर्भपतन जस्ता जल्दोबल्दो राजनीतिक मुद्दामा समेत बोल्न थालेकी छन् ।

सन् २०१७ मा स्वीफ्टले जो बाइडेनलाई समर्थन गरेकी थिइन् । दुई दशकदेखि अमेरिका र अन्तर्राष्ट्रिय रुपमै प्रसिद्ध पपस्टारको रुपमा चम्किएकी स्वीफ्टसँग व्यापक अपील र भीडभाडपूर्ण मिडिया वातावरण सिर्जना गर्न सक्ने खुबी भएकी सेलिब्रेटीको रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?