+
+

स्तरोन्नतिपछि १ असोजदेखि सञ्चालनमा आउँदै मनकामना केबलकार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १२:३४
फाइल तस्वीर

२६ भदौ, काठमाडौं । स्तरोन्नतिको काम सम्पन्न भएसँगै १ असोजदेखि मनकामना केबलकार सञ्चालनमा आउने भएको छ ।

कम्पनीका अनुसार २६ वर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालनमा रहेको केबलकार अब डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ ।

सो काम सम्पन्न भएसँगै १ असोजदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

अष्ट्रियाबाट केबलकार निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा स्तरोन्नतिको काम सम्पन्न भएको हो ।

३१ असारदेखि केबलकार सेवा बन्द भएको थियो । यसबीचमा मनकामना दर्शनमा जानेहरूले सडक मार्ग वा पैदल यात्रा प्रयोग गरेका थिए ।

मनकामना मन्दिरमा नवदुर्गाभर विशेष पूजाआजा हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?