+
+

ट्रम्प र ह्यारिसको ९० मिनेट बहसमा के के भयो ?

डेढ घण्टा चलेको बहसमा टन्नै घोचपेच र आरोप प्रत्यारोप चले, जहाँ ह्यारिस आफ्ना प्रतिस्पर्धी ट्रम्पविरुद्ध आक्रामक बनेकी थिइन् । ट्रम्पले पनि सक्नेजति आरोप लगाइरहे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १२:३९

२६ भदौ, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हालकी उपराष्ट्रपति कमला ह्यारिस यति बेला राष्ट्रपतिको चुनावी दौडमा छन् । यसै क्रममा बुधबार बिहान भएको डिबेटमा उनीहरुबीच डेढ घण्टासम्म बहस, घोचपेच अनि आरोप प्रत्यारोप चल्यो ।

आरोप लगाउनेमा ट्रम्प नै अगाडि रहे । उनले यसअघि राष्ट्रपति जो बाइडेनमाथि पनि आरोपहरुको शृंखला तयार पारेका थिए । डेमोक्रेट उम्मेदवार बन्न चाहेका बाइडेनले जमेर प्रतिरक्षा गर्न नसकेपछि उनी चुनाव हार्न सक्ने आकलन गरिएको थियो । त्यसपछि बाइडेन प्रशासनकै उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्न आइपुगेकी थिइन् ।

प्रेसिडेन्सियल डिबेटका क्रममा कमला ह्यारिसले भने ट्रम्पको खरो प्रतिवाद गरिन् ।

उनीहरुको बुधबार बिहानको बहस अमेरिकी अर्थतन्त्र, आप्रवासी आगमन, युक्रेन युद्धमा अमेरिकी भूमिका आदिमा केन्द्रित थियो । कतिपय संवाद इशारा र संकेतमा समेत हुन पुगे । न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आप्रवासीहरुमाथि रिसाहा पारा देखाउँदा ह्यारिस कटाक्षको भावमा मुस्काइरहन्थिन् । ट्रम्पले धेरै शब्द खर्चेर चर्को बोले पनि ह्यारिसले शिष्टताभाव नै बढ्ता देखाएको पर्यवेक्षकहरुलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ ।

ह्यारिसले ट्रम्पका समर्थकहरुलाई निराश नहुन व्यंग्य गरिन् । ट्रम्पले चर्को कुरा गर्दा ह्यारिसले आफ्नो स्वभाव अनुसार अझै चर्को बोल्न भन्दै उडाइन् । उनले ट्रम्प आफ्नो देशका समस्याबारे मतलबै नगर्ने व्यक्ति भन्दै समर्थकहरुले अमेरिकाबारे किन कुरा भएन भन्ने सोचेमा अन्यथा नहुने समेत बताइन् ।

ह्यारिसले सुरुको पाँच मिनेट टिभी क्यामरातिर हेर्दै ट्रम्पबारे भनिन्, ‘उही थोत्रो र थकित प्लेबुक, जहाँ घृणा, झुट र व्यक्तिगत आरोप र अतिशयोक्तिमात्रै छन् ।’

ट्रम्पले कोरोनाकालमा राज्य व्यवस्था बर्बाद पारेको, उच्च तहका सैनिक बर्खास्त गरेको, कतिपय हिंसा र भिडन्तबारे गलत नीति लिएको भन्दै ह्यारिसले उही व्यक्ति राष्ट्रपतिमा अब किन चाहियो भनी प्रश्न उठाएकी छिन् ।

ट्रम्पले भने आफ्नो कार्यकालमा एकदमै राम्रो काम भएको भन्दै गलत आरोप नलगाउन चुनौती दिए । उनले बाइडेन–ह्यारिस कार्यकालमा अफगानिस्तानको बिजोग देख्न पाइएको आरोप लगाए । ‘त्यसबेला तपाईंहरुको सरकारले अराजकतापूर्ण ढंगले अफगान मामिला सञ्चालन गर्‍यो’, उनले भने ।

ह्यारिसले ट्रम्पबाट हंगेरीका कट्टरपन्थी शासक भिक्टर ओर्बान, रुसका भ्लादिमिर पुटिनजस्ता अधिनायकहरुसँग भोज खाँदै बसेको आरोप लगाइन् । ट्रम्प कतिपय मामिलामा कमजोर रहेको भन्दै ह्यारिसले भन्दा उनले पनि ह्यारिस अझ कमजोर भनी प्रतिवाद गरेका थिए ।

‘ओर्बानलाई त म एकदम आदरणीय व्यक्ति मान्छु’, ट्रम्पले भने । उनले यो बहसमा ह्यारिस भन्दा बाइडेन हुनुपर्ने भन्दै उनलाई आफूले मिस गरिरहेको समेत बताए । ट्रम्पले ह्यारिस केवल बाइडेनका योजनाहरुलाई कपी र पेस्ट गर्दै हिँडेको आरोपसमेत लगाए ।

गर्भपतनको बहसमा ह्यारिस प्रभावशाली वक्ताका रुपमा प्रस्तुत हुँदै गर्दा ट्रम्पले पनि विगतमा आफू गलत नरहेको दाबी गरे । बाइडेनसँग बहसका बेला यो विषय नउठे पनि ह्यारिसँग बहस हुँदा ट्रम्पले आफू नै सही रहेको बताए । तर यसमा ह्यारिस बलियो ढंगले प्रस्तुत भइन् ।

‘जहाँसम्म गर्भपतनमा प्रतिबन्धको कुरा छ, म यो प्रतिबन्धको पक्षमा छैन, तर अब राज्यले नै यो विषयमा नीति बनाइसकेपछि किन कुरा गरिराख्ने र ?’ उनले भनिन् ।

ट्रम्पले आफूले यसबारे कुरा गर्न नचाहेको बताए पनि उनका उपराष्ट्रपति उम्मेदवार जेडी भान्सले ओहायोमा यसबारे मुख खोलिसकेका थिए ।

जेडी भान्ससँग आफूले यसबारे कुरा नगरेको दाबी गर्दै ट्रम्पले अब यता नलाग्न भने पनि ह्यारिसले आफ्नो कुरा भन्ने मौका पाइन् ।
उनले ट्रम्प अमेरिकी महिलालाई घृणा गर्ने, होच्याउने पात्र रहेको भन्दै प्रहार गरिन् ।

दुई महिनापछि नोभेम्बर ५ मा हुने राष्ट्रपति चुनावले ट्रम्प दोहोरिने वा ह्यारिसको बढोत्तरी हुनेमध्ये एकको फैसला गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?