+
+

उपसभामुख प्रकरण : रास्वपा ‘पर्ख र हेर’ नीतिमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १८:००

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबारे सत्तारुढ दलहरुको कदम हेरेर निर्णय लिने बताएको छ ।

संसद सचिवालयसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान भिसा अन्तर्वार्ताको मिति तोक्न आग्रह गर्दै उपसभामुख इन्दिरा राना मगरले पोहोर फागुनमा अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । अमेरिकी दूताबासलाई उनले लेखेको पत्रलाई लिएर सत्तारुढ दलहरुले उपसभामुखको पदीय गरिमा गिरेको भन्दै उनीमाथि प्रश्न उठाएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले पर्ख र हेरको नीति लिने निर्णय गरेको छ ।

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार सत्तारुढ दलहरुले के गर्छन् भन्ने प्रष्ट नभइसकेकाले रास्वपाले पनि के गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । ‘चर्चाको विषय मात्र हो । औपचारिक कदम चालिएको छैन । त्यसैले अहिले छलफल मात्र गरिरहेका छौं’, उनले अगाडि भने, ‘वेट एण्ड वाचमा छौं ।’

यद्यपि यो विषयमा आफूहरुको सरोकार रहेको र जस्तो परिस्थिति आउँछ, त्यसको आक्रामक प्रतिवाद  गर्न तयार रहेको उनले बताए ।

भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु गलत भएपनि त्यो सम्बन्धित ठाउँमा दर्ता नै नभएको उनले बताए । साथै १८ महिनासम्म दबाएर राखेर अहिले राजनीतिक दाउपेचका लागि प्रयोग गर्न खोजिएको रास्वपाको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?