+
+

राष्ट्रिय सभामा विषयगत समितिको सभापति गुमाउँदै एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १२:५९

२४ भदौ, काठमाडौं। राष्ट्रिय सभाको दुईवटा विषयगत समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले सूचना निकालेर निर्वाचनबारे तालिका सार्वजनिक गरेका हुन् ।

तालिकाअनुसार यही भदौ ३१ गते विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचन हुनेछ ।

विधायन व्यवस्थापन समितिको सभापतिमा जयन्तीदेवी राई थिइन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा थिए ।

नेताहरूका अनुसार विधायन व्यवस्थापन समितिको सभापतिको नेतृत्व अब एकीकृत समाजवादीले पाउने छैन। ‘उक्त समितिमा सत्तापक्षको प्रष्ट बहुमत छ । अहले ठूला दलहरू सरकारमा भएको बेला सानो दलले उक्त समितिको सभापति पाउने सम्भावना छैन ।’

१५ सदस्यीय विधायन समितिमा कांग्रेसबाट समितिको नेतृत्व हुन सक्ने नेताहरू बताउँछन् ।

१२ सदस्यीय सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने सत्तापक्ष र प्रतिपक्ष बराबर ६÷६ जना छन् ।

‘राष्ट्रिय सभाको ठूलो दल पनि हो र सत्तापक्ष र प्रतिपक्ष पनि बराबर रहेको अवस्था छ’ एमालेका एक सांसद भन्छन्, ‘हाम्रो अवस्था र सम्भावनाको विषय प्रधानमन्त्रीलाई जानकारी गराएका छौं । के गर्ने ठोस निर्णय आएको छैन ।’

सके सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति लिने र आफैँ राख्ने एमालेको प्रयास छ । नसके माओवादीलाई नै दिएर सर्वसम्मत सभापति बनाइने उनले बताए ।

निर्वाच्न तालिका अनुसार समितिको सभापतिमा भदौ ३० गते उम्मेदवारी दर्ता हुनेछ । ३१ गते समितिकै सभाकक्षमा निर्वाचन हुनेछ ।

हेर्नुहोस् निर्वाचन कार्यतालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?