+
+

मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले आज, माल्भिकासँग मिलेर लुइस पोर्टेल्सले होस्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १३:१७

काठमाडौं । मिस युनिभर्स नेपालले आज (बुधबार) विजेता प्राप्त गर्दैछ । विश्व प्रतिष्ठित सुन्दरी प्रतियोगिता मिस युनिभर्समा नेपालको प्रतिनिधि छनोट गर्न बुधबार बेलुका ग्रान्ड फिनाले आयोजना गरिएको छ ।

ललितपुरस्थित गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा उपाधिका लागि २२ जना सुन्दरी भिड्दैछन् । आयोजकले बुधबार बिहान फिनालेका दुईजना होस्टको नाम समेत सार्वजनिक गरेको छ ।

विश्वचर्चित भ्लगर, कन्टेन्ट क्रिएटर तथा ब्युटी पेजेन्ट विश्लेषक लुइस पोर्टेल्सले पूर्वमिस नेपाल माल्भिका सुब्बासँग मिलेर फिनाले होस्ट गर्दैछन् । पोर्टेल्स गत साता वर्तमान मिस युनिभर्स सेनिस पलासियोससहित नेपाल आएका थिए ।

नेपाल आएर पनि उनले घुमघामसहित रोचक भिडियो बनाएका छन् । उनले आफ्नो पडकास्टमा विश्व ब्युटी पेजेन्टका क्षेत्रका चर्चित हस्तीलाई ल्याएर अन्तर्वार्ता लिने गरेका छन् ।

प्रतियोगिताको विजेताले ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको ३८ लाख रुपैयाँ मूल्य बराबरको २४५ ग्राम तौलको, सुन र हीरा जडित ताज लगाउनेछिन् ।

बेलुका ६ बजे फिनाले सुरु हुनुअघि रेडकार्पेट समारोह आयोजना गरिएको छ । मिस युनिभर्स सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड, मिस अर्थ, मिस इन्टरनेसनल, मिस सुप्रान्यान्सनलसहित संसारका उत्कृष्ट पाँच ब्युटी पेजेन्ट अन्तर्गत पर्छ ।

मिस युनिभर्स नेपाल २०२४ को आयोजना पहिलोपटक ग्लोबल ग्ल्यामर भेन्चरले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?