+
+

सुनसरीबाट २३५ किलो गाँजासहित गाडी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १३:२८

२६ भदौ, काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट सशस्त्र प्रहरी बलले २३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ ।

सोही गाउँपालिकाको फुलचोकबाट दक्षिणमा पर्ने भारतीय सीमा इलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको जिपमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा सशस्त्रले बरामद गरेको हो ।

बोर्डर आउट पोष्ट (बिओपी) लौकही र सुरक्षा बेस भुटाहाको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा गाडी फसेको थियो । त्यसपछि चालक गाडी छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

यसअघि सशस्त्र प्रहरी बलले २५ भदौमा सुनसरीकै बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ केजी गाँजा बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?