+
+

‘नरसिंहा अवतार’बाट फिल्ममा डेब्यु गर्दै पूर्वमिस नेपाल उषा खड्गी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १३:३९

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीले राजेश हमाल स्टारर आगामी एक्सन फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गर्ने भएकी छन् । अभिनेत्रीको रुपमा उनको यो डेब्यु फिल्म हुने निर्देशक दिवाकर भट्टराईले जनाए ।

केही दिनअघि खड्गी र निर्माताबीच लिखित सम्झौता भएको छ । सातौं मिस नेपालको रुपमा उषाले सन् २००० मा उपाधि जितेकी थिइन् । त्यसयता उनी फेसन डिजाइन र बुटिक व्यवसायमा सक्रिय थिइन् ।

२०७४ सालको साउन पहिलो साता उषाले फिचर फिल्म ‘आउँदै जाँदै’ निर्माणको समेत घोषणा गरेकी थिइन् । फिल्ममा उषालाई महत्वपूर्ण भूमिकामा साइन गरिएको निर्देशक भट्टराईले बताए ।

असोज ७ गतेदेखि छायांकन सुरु हुने यो फिल्ममा यसअघि राजेश हमालसहित नीर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, समाइरा थापा, राजीवजंग बस्नेत, प्रकाश कुँवर, रमेशचन्द्र ठकुरी, अमित गिरी अनुबन्धित भइसकेका छन् ।

केही दिनपछि फिल्मको कार्यशाला सुरु हुने जनाइएको छ । फिल्मको निर्मातामा दिनेश भट्टराई, परशुराम बस्नेत र नरेन्द्र महर्जन छन् । कार्यकारी निर्मातामा ध्रुव न्यौपाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?