+
+

मनिष झाको दाबी : उपसभामुखले पूर्ण ज्ञान नभएर अमेरिकी दूतावासलाई पत्र लेख्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १३:४५

२४ भदौ, काठमाडौं । रास्वपा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानाले जानाजान गल्ती नगरेको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

संसद सचिवालयसँग सम्बन्धित नरहेका ६ व्यक्तिलाई अमेरिका पठाउन भिसा अन्तर्वार्ता मिति मिलाइदिन भन्दै संसदको लेटरहेडमा उपसभामुखले दूतावासलाई लेखेको अनधिकृत पत्र केही समयअघि सार्वजनिक भएसँगै उनको पदीय मर्यादाको विषय चर्चामा छ ।

१९ महिना अगाडि उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर अहिले राजनीतिक रुपमा प्रश्न उठाइनु गलत भएको उनको भनाइ छ । यो विषयमा यसअगाडि नै प्रश्न उठेको र उपसभामुखले गल्ती स्वीकार गरिसकेको पनि उनले बताए ।

‘१९ महिना पहिले उपसभामुखज्युले एउटा पत्र लेख्नुभयो । उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । जसको बारेमा उहाँले म बाट गल्ती भयो भनेर विज्ञप्ति पनि निकालिसक्नुभयो ।’

गल्ती स्वीकार गरिसक्दा समेत यसलाई राजनीतिक रुपमा बार्गेनिङ गरिनु गलत भएको उनले बताए ।

‘१९ महिनापछाडि त्यो राजनीतिक रुपमा चर्चाको विषय हुँदैछ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?