+
+

केदार कार्कीको अनसनलाई एमाले सांसदले भने नौटंकी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १५:०३

२६ भदौ, विराटनगर । नेकपा एमालेका सांसद तिलचन पाठकले पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बसेर भ्रम फिजाउन खोजेको टिप्पणी गरेका छन् ।

बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले संसदीय मूल्य मान्यता विपरीत कार्की अनशनमा बसेको भन्दै नौटंकी नगर्न आग्रह गरे ।

‘हामीले राखेका (बजेटमा) विषयमा अझ खुला ढंगबाट प्रष्ट पार्न सरकार तयार छ, नेकपा एमाले तयार छ, वार्ता कार्यदल, के गर्नुपर्छ गर्न तयार छ र मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्नसमेत म अनुरोध गर्न चाहन्छु, अनशनको नौटंकीले प्रदेश समृद्ध हुँदैन, जनता सुखी हुँदैनन्’, उनले भने ।

१० वर्ष मुनिका बालबालिकाको निशुल्क उपचारलगायत मागसहित कांग्रेस सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्की मंगलरबारदेखि आमरण अनशनमा छन् ।

केदार कार्कीले उठाएका सबै माग बजेटमा समवेश भएको बताउँदै एमाले सांसद पाठकले भने, ‘तर यतिबेला बजेटका नामबाट जनतालाई अन्योल गर्ने र प्रदेशलाई अन्योलको भूमरीभित्र राख्ने काम केदार कार्कीले गरिरहनु भएको छ ।’ कार्कीले संसदको अपमान गरेको बताउँदै उनले कार्कीको गतिविधिको छानबिन गर्नुपर्ने बताए ।

केदार कार्कीले उठाएका सबै माग रातो किताबमा रहेको बताउँदै उनले हेर्न आग्रह गरे । सांसद पाठकले प्रदेश मातहतका सबै अस्पताल र दमक बाल अस्पतालमा बालबालिकाको निशल्क उपचार हुने बताए ।

तर प्रदेश मतहतका अस्पतालमा विशिष्टीकृत सेवा छैन । केदार कार्कीले भने बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क गर्नुपर्ने माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?