+

एन्फा महिला लिग : कोशीको अपराजित यात्रामा ब्रेक लगाउँदै पुलिस शीर्ष स्थानमा

२०८१ भदौ  २६ गते १५:३६ २०८१ भदौ २६ गते १५:३६
एन्फा महिला लिग : कोशीको अपराजित यात्रामा ब्रेक लगाउँदै पुलिस शीर्ष स्थानमा

२६ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले एन्फाले महिला लिगमा बुधबार कोशी प्रदेशलाई ४-० ले पराजित गरेको छ ।

कोशी प्रदेशको लगातार तीन खेलको अपराजित यात्रामा ब्रेक लगाउँदै पुलिसले लगातार तेस्रो जित हात पारेको हो । यो जितपछि पुलिस कोशीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । पुलिसले भने आफ्नो अपराजित यात्रालाई चार खेलसम्म पुर्‍याएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थपेको हो ।पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, अनुष्का शेर्पा, सम्झना लावती र अमृता जैसीले १-१ गोल गरे ।

पुलिसका लागि अनुस्का शेर्पाले २४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । निर्मला उपाध्यायले ४६औं मिनेटमा गोल गर्दै पुलपसको अग्रता दोब्बरको बनाइन् । सम्झना लावतीले ८०औं मिनेटमा अनुस्का शेर्पाको पासमा पुलिसका लागि तेस्रो गोल गरिन् ।

८८औं मिनेटमा कार्यवाहक कप्तान अमृता जैशीले गोल गर्दै पुलिसलाई ४-० को जित दिलाएकी हुन् ।पुलिसले चार खेलबाट १० अंक जोडेको छ । समान खेलबाट कोशीको तीन जित र एक हारबाट ९ अंक छ र दोस्रो स्थानमा झरेको छ ।

पहिलो खेलमा विभागीय प्रतिद्वन्दी एपीएफसँग गोलरहित बराबरी खेलेको पुलिसले त्यसपछि सुदुरपश्चिम र बागमती युथ क्लबलाई पराजित गरेको थियो ।

उता कोशीले लगातार तीन खेल जित्दै सानदार सुरुवात गर्ने क्रममा वालिङ नगरपालिका, बागमती युथ क्लब र कर्णाली प्रदेशला पराजित गरेको थियो ।

एन्फा महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय