+
+

‘ज्वाइँ साब’को गीत ‘कसम बत्तीको’मा जितु र नीतिको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १५:४९

काठमाडौं । असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो ।

सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ । दशैंको फूलपातीमा रिलिज हुन लागेको फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाहले नृत्य गरेका छन् । विवाहको परिवेशलाई समावेश गर्दै यो गीतको भिडियो तयार पारिएको छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ । रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?