+

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप भदौ २९ गते

२०८१ भदौ  २६ गते १६:१४ २०८१ भदौ २६ गते १६:१४
दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप भदौ २९ गते

२६ भदौ, काठमाडौं । दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप आयोजना हुने भएको छ । बागमती योग खेलकुद समितिले आगामी २९ भदौमा तारकेश्वर नगरपालिकासँगको समन्वयमा च्याम्पियनसिप आयोजना गर्न लागेको हो।

च्याम्पियनसिपमा सहभागी हुने टोलीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पाठ्यक्रममा रहेर योगासन प्रस्तुत गर्नुपर्ने आयोजक कमिटीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

एकल प्रतिस्पर्धा र रिदमिक समूह गरेर दुई फरक विधामा हुने यो प्रतिस्पर्धामा ९ देखि ५० वर्षमाथिका विभिन्न उमेरका फरक फरक समूहबीच खेल हुनेछ ।

पुरुष र महिलाको छुट्टाछुट्टै आयोजना हुने यो खेलका लागि ३६२ खेलाडी सहभागी हुने बागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष एवं आयोजक कमिटी संयोजक केदारनाथ बस्ताकोटीले जानकारी दिए ।

तारकेश्वर नगरपालिका–८ स्थित टुसाल मल्टी भेन्यूमा शनिबार (भदौ २९) बिहान सात बजेबाट सुरु हुने यो प्रतियोगितामा इच्छुकलाई प्रतिस्पर्धीको रुपमा छनौट गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

योगलाई आसनको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनु आफूहरूको योग खेलकुद समितिका केन्द्रीय महासचिव चुडामणि खरेलले बताए । योगले पनि ओलम्पिकको मान्यता पाउनेगरी अगाडि बढेको र त्यसका लागि आफूहरूको निरन्तर प्रयास जारी रहेको उनले बताएका छन् ।

अन्तर्राष्ट्रिय योग खेलकुद महासंघमा आबद्ध यस संस्थाले विश्वकपमा पनि सहभागिता जनाएको थियो । सन् २०२२ डिसेम्बरमा भारतको बैंग्लोरुमा भएको प्रतियोगितमा १७ जना खेलाडी सहभागी थिए।

खेलकुद योग च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय