+
+

राष्ट्रिय भलिबल खेलाडी शान्तिकला तामाङको गीत ‘भन को हौ ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १६:२४

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी खेलाडी शान्तिकला तामाङको स्वरमा ‘भन को हौ ?’ सार्वजनिक भएको छ । मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर शान्तिकलाले पहिलो गीत ल्याएकी हुन् ।

नेपाली राष्ट्रिय भलिबल टिममा लिबेरो पोजिसनमा खेल्ने शान्तिको उक्त गीतमा गुरु भोटियाको शब्द र संगीत छ । गीतलाई रोशन बालुवाले एरेन्ज गरेका हुन् ।

खेलसँगै संगीतमा पनि रुचि राख्ने शान्तिकलाले लामो समयदेखि गीत ल्याउने धोको पूरा भएको बताइन् ।

केही समयअघि घरेलु भूमिमा भएको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उपविजेता हुँदा शान्तिकला पनि टिमकी सदस्य थिइन् । उनले घरेलु भलिबल नेपाल पुलिस क्लबबाट खेल्ने गर्छिन् ।

नेपाल पुलिस क्लबकै प्रतिनिधित्व गर्दै पहिलो पटक हुन लागेको काभा जुमन्स क्लब भलिबल च्याम्पियनसिप खेल्नका लागि शान्तिकलासहितको टोली बिहीबार माल्दिभ्स जाँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?