+
+

सुवास नेम्वाङको नाममा प्रतिष्ठान बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १६:४५

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा प्रतिष्ठान बन्ने बताएका छन् ।

च्यासलमा आयोजित पहिलो स्मृति सभामा अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले प्रतिष्ठान स्थापना गर्ने बताएका हुन् ।

‘सुवास नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँको निधनबाट परिवार हाम्रो पार्टीलाई असाधरण क्षति पुगेको छ नै, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।’

अध्यक्ष ओलीले प्रतिष्ठान मार्फत् नेम्वाङको योगदानमाथि विमर्श गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?