+
+

युरोप टुरअघि पोखरा कन्सर्टमा गुञ्जिंदै नितेशजंग कुँवर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १६:५२
फाइल तस्वीर

काठमाडौं । नयाँपुस्तामा लोकप्रिय गायक नितेशजंग कुँवर पोखरामा गुञ्जिने भएका छन् । डेढ वर्षपछि उनले पोखराको लेकसाइडस्थित किंग्स लाउन्जमा प्रस्तुति दिन लागेका हुन् ।

कुँवरलाई गायिका समेत रहेकी समृद्धि राईले साथ दिने भएकी छन् । प्रेम सम्बन्धमा रहेका यी दुईले अस्ट्रेलिया सहित नेपालका विभिन्न थलोमा सांगीतिक सहकार्य समेत गरेका छन् ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कले आयोजना गरेको पोखरा कन्सर्टमा नितेशले आफ्ना हिट गीत ‘फ्लर्टी माया’, ‘म पागल’, ‘माया सस्तो’, ‘सम्हालिराख न’, ‘खोलै खोला’, ‘हितैको माया’ लगायत आफ्ना चर्चित गीत सुनाउनेछन् ।

नितेश यतिबेला उनको नयाँ एल्बम ‘जेमिनी’को तयारीमा छन् । ‘जेमिनी’ सार्वजनिक गरेपछि उनी यसैवर्ष युरोप टुरको तयारी गर्दैछन् । पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन् ।

पीभीई नेटवर्कका अनुसार पोखरामा नितेशको कार्यक्रम हुने निश्चित भएपछि उनका फ्यान उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?