+
+

आर्यन सिग्देल र परीक्षा लिम्बू ‘होस्टेल ३’ मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १७:०७

काठमाडौं । यसै सातादेखि छायांकन सुरु हुन लागेको फिल्म ‘होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्मातासँग बुधबार उनले लिखित सम्झौता गरे ।

अघिल्ला दुवै श्रृंखलामा सुनिल रावल वार्डेनको रोलमा थिए । यतिबेला भने रावलको ठाउँमा आर्यन देखिन लागेका हुन् । निर्देशक सशान कँडेल (सन्तोष)ले व्यस्तताको बाबजुद पनि आर्यन फिल्मसँग जोडिएकोमा खुसी व्यक्त गरे ।

‘उहाँले अभिनय गर्ने वार्डेनको भूमिका फिल्मको मेरुदण्ड हो । यसअघि पनि उनी फिल्ममा यो भूमिका चर्चित थियो । यसपटक पनि बलियो छ’ कँडेलले भने ।

आर्यनसँगै ‘जारी’ डेब्यु अभिनेत्री परीक्षा लिम्बू पनि ‘होस्टेल ३’ मा अनुबन्धित भएकी छन् । जारी, छक्कापञ्जा ४ र पुजार सार्कीपछि परीक्षाको यो चौथो फिल्म हो । यसअघि आर्यन र परीक्षाले ‘पुजार सार्की’मा सँगै काम गरेका थिए ।

‘होस्टेल ३’ फागुन १६ गते प्रदर्शन तयारीमा छ । बुधबार नै जापान, मध्यपूर्व र मलेसियाका लागि फिल्मको वितरण अधिकार बिक्री भएको छ । फिल्ममा यसअघि पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ अनुबन्धित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?