+
+

पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १७:०८

२६ भदौ, काठमाडौं । पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनउ घर भएका देवान सिंह छन् ।

पोखरा महानगरपालिका-१७, पावरहाउस रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका उनी मंगलबारमात्रै भारतबाट पोखरा आएका थिए ।

स्विमिङ पुलबाट उद्धार गरेर उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?