+

डीएभीलाई स्कुल क्रिकेटको उपाधि

२०८१ भदौ  २६ गते १७:४३ २०८१ भदौ २६ गते १७:४३
डीएभीलाई स्कुल क्रिकेटको उपाधि

२६ भदौ, काठमाडौं । प्रथम डा. बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ टिम ले जितेको छ।

भीएस निकेतन स्कुलले आयोजना गरेको प्रतियोगिताको बुधबार ललितपुर, हात्तीबनस्थित जीएचसीए क्रिक्सलमा सम्पन्न फाइनलमा डीएभी ‘ए’ ले डीएभी स्कुल ‘बी’ टिमलाई पराजित गरेको हो ।

फाइनलमा टस जितेर ब्याटिङ गरेको डीएभी ‘बी’ ले दिएको २५ रनको सामान्य लक्ष्य डीएभी ‘ए’ ले मात्र ४ ओभरमा विकेट नगुमाई पूरा गर्दै ६ विकेटको जित दर्ता गर्‍यो । निर्धारित ६ ओभरको खेलमा डीएभी ‘बी’ ले ५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो ।

प्लेयर अफ द फाइनल घोषित डीएभी ‘ए’ का बलर केशव अग्रवालले घातक बलिंग गर्दै मात्र ६ रन खर्चेर ३ विकेट लिए। यस्तै ब्याटिङतर्फ सुब्रत मल्लिकले सर्वाधिक अविजित १४ रन बनाए।

यसअघि बुधबार नै सम्पन्न पहिलो सेमीफाइनलमा डीएभी ‘ए’ ले एलआरआई स्कुललाई २२ रनले तथा डीएभी ‘बी’ ले अपि स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी डीएभी ‘ए’ का प्रसिद्ध जैसी घोषित भए भने उत्कृष्ट ब्याटर पनि उनी नै भए । उत्कृष्ट बलर मनकामना स्कुलका बिलक न्यौपाने घोषित भए।

भदौ २४ गते देखि ३ दिन चलेको प्रतियोगितामा उपत्यकाका २६ वटा स्कुलका टिमहरु सहभागी थिए ।

क्रिकेट खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय