+
+

होन्डाको चाडबाड लक्षित ग्राहकमुखी उपहार योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १७:४५

काठमाडौं । होन्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।

यसैगरी ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज वा बाइ वान गेट वान सर्भिसिङ ७ वर्षसम्म सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

साथै होन्डाको बिग बाइकहरूमा १ लाख रुपैयाँसम्म डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ ।

यो योजना होन्डा इजी फाइनान्समा पनि लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?