+
+

कोशीको संसदीय समितिमा भागबण्डा टुंगियो, कांग्रेस- एमालेलाई ३–३, माओवादीलाई १

हरि अधिकारी हरि अधिकारी
२०८१ भदौ २६ गते १७:५७

२६ भदौ, विराटनगर । कोशी प्रदेशसभाको संसदीय समितिको सभापतिमा भागबण्डा टुङ्गो लागेको छ ।

सातवटा संसदीय समिति रहेको कोशीमा शुक्रबार सभापति छनोट गर्ने कार्यसूची छ । कांग्रेस र एमालेले बुधबार सात वटा समितिको सभापतिमा भागबण्डा टुंगो लगाएको हो ।

कांग्रेस र एमालेले ३–३ वटा लिने सहमति भएको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । भागबण्डा गर्दा माओवादीलाई एउटा समिति सभापति दिइएको उनले बताए ।

कोशी प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

उनका अनुसार एमालेले उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको नेतृत्व लिनेछ ।  नेपाली कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको सभापतिको नेतृत्व लिने सहमति छ ।

माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापति पाउनेछ । प्रदेशमा माओवादी केन्द्र २, राप्रपा र एकीकृत समाजवादी पार्टीले पनि १–१ समितिको नेतृत्वमा दाबी गरेका थिए । तर सत्तारुढ दुई दलले आन्तरिक भागबण्डा मिलाउने भन्दै  साना दललाई सभापति दिएनन् ।

२०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिएका थिए । सभापति भने बाँकी थियो ।

सभापतिको छनोटका लागि भदौ २८ गते निर्वाचन हुनेछ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यसूची अनुसार  बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?