+
+

२० वर्षपछि शाहरुख र प्रीतिको ‘वीरजारा’ नेपालमा पनि पुनः प्रदर्शन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १८:०८

काठमाडौं । शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ ।

रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् ।

यो फिल्म नेपालमा क्यूएफएक्स बाहेकका हलमा प्रदर्शन हुने वितरण कम्पनी ए–एट फिल्म्सका प्रमुख नीरज पौडेलले बताए ।

यशराजले पुनः प्रदर्शनलाई समेटेर नयाँ पोस्टर समेत सार्वजनिक गरेको छ । शाहरुख र प्रीतिसहित फिल्ममा रानी मुखर्जीको मुख्य भूमिका छ । फिल्ममा रानीलाई वकिलको भूमिकामा देख्न सकिन्छ । ‘रोमान्सको युग फर्किएको छ’ पोस्टरमा लेखिएको छ ।

यश चोपडा निर्देशित फिल्मले भारतीय वायुसेनाका अफिसर वीरप्रताप सिंह (शाहरुख) र पाकिस्तानी राजनीतिकी छोरी जारा हयात खान (प्रीति)को प्रेम सम्बन्धको कथा भन्छ । गलत आरोप लगाउँदै वीरलाई पाकिस्तानको जेलमा कैद गरिन्छ । २२ वर्षपछि पाकिस्तानी वकिल सामिया सिद्दिकी (रानी)ले मुद्दा लडेर वीरलाई कैदमुक्त गर्न संघर्ष गर्छिन् ।

फिल्ममा अमिताभ बच्चन, दिव्या दत्त, मनोज बाजेपयी, बोमन इरानी, अनुपम खेर र किरण खेरको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?