+
+

संवैधानिक परिषदको बैठक स्थगित, अब शुक्रबार बस्‍ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १८:१२

२६ भदौ, काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बुधबार बेलुकी बोलाइएको संवैधानिक परिषदको बैठक शुक्रबार अपरान्हसम्मका लागि सरेको छ ।

संवैधानिक परिषदको सचिवालयले २८ भदौंको अपरान्हसम्मका लागि बैठक सारिएको भनी सूचना पठाएको हो । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि परिषदको बैठक डाकिएको हो ।

प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैको तयारी स्वरुप न्यायपरिषद सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका आठ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषदको सचिवालयमा पठाएको थियो ।

न्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्च अदालतमा बरिष्ठतम न्यायाधीश छन् । अहिलेसम्म संवैधानिक परिषदले सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरिरहेको छ । नाम सिफारिस र संसदिय सुनुवाईबाट अनुमोदन भए उनी करिव १८ महिना प्रधानन्यायाधीश हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?