
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा एक हप्तामा १०० युनिटभन्दा बढी पन्च ईभी डेलिभरी भएको जनाएको छ ।
नाडा अटो शोको पहिलो दिनमै एक सयभन्दा बढी बुकिङ लिएर कम्पनीले पन्च ईभीको बिक्री सुरु गरेको थियो ।
कम्पनीले टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ भने यो गाडी ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।
कम्पनीले विर्तामोडमा पनि पन्च ईभी सार्वजनिक गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4