+
+

सांसदलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १८:२८

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ ।

बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका छन् ।

त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यसअघि सोमबार सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको विषयमा प्रश्न उठाएका थिए ।

उपसभामुख रानामगरले २०२३ को फेब्रअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जान लागेको भन्दै आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् । त्यही विषयलाई लिएर सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?