
२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक वर्षमा नयाँ निजी घरका लागि हजारभन्दा बढी नक्सा पास गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा महानगरले भवन निर्माणतर्फ १ हजार ३ सय २० थान नक्सा स्वीकृत गरेको हो ।
महानगरपालिकाको वार्षिक समीक्षामा प्रस्तुत प्रतिवेदन अनुसार ६६ घरको तला थप गर्न नक्सा पास भएको छ ।
यस्तै पालिकाभित्र ३ हजार ७ सय ४५ घरको निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छ भने एक वर्षमा १ सय ५५ जनाले नक्सा नामसारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4