+
+

भक्तपुरको जंगलमा एक महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १९:००

२६ भदौ, काठमाडौं। भक्तपुरको चारखण्डीस्थित जंगलमा एक महिलाका शव भेटिएको छ ।

सूर्यबिनायक नगरपालिका–४ गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेलको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए ।

उनको शव सूर्यविनायक नगरपालिकामै पर्ने चरखण्डी जंगलको खोल्सामा बुधबार भेटिएको हो । मंगलबार मात्रै पोडेलका आफन्तहरुले उनी हराएको भन्दै प्रहरीकोमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?