+
+

कोशी सरकारमा कांग्रेस भोलि सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १९:०९

२६ भदौ, काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस बिहीबारसम्म मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् ।

बुधबार कांग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

‘कोशी प्रदेशमा नेपाली कांग्रेसका पदाधिकारीको बैठक सकिएको छ र अब मन्त्री टुङ्ग्याउने भन्नेछ,’ सभापति थापाले भने, ‘बेलुकासम्म मलाई नाम आउँछ भन्ने जानकारी छ, त्यो भयो भने हामी भोलि (विहीबार) ९ बजेसम्म सरकार गठन गरिसक्छौं।’

थापाका अनुसार तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको छ। योसँगै अब एमालेबाट दुई र कांग्रेसबाट २ राज्यमन्त्री हुनेछन् भने मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय हुनेछ ।

सभापति थापाका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी ओलीले फोन गरेर कोशी प्रदेशको समस्याबारे सोधेका थिए ।

‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई कोशीमा के भएको हो, हामीमाथि अविश्वास भएको हो कि, तपाईंहरू मन्त्रीमण्डलमा मन्त्री नपठाएर सडकमा अनशन बस्दै हुनुहुन्छ, हाम्रो गठबन्धनमा दरार पैदा भएको हो कि के हो भन्ने कुरा उहाँले आशंका व्यक्त गरिरहनु भएको छ’ सभापति थापाले भने ।

यसअघि कोशीमा कांग्रेस सरकारमा सहभागी नभए पनि प्रदेशसभा बैठकमा सत्तापक्षको बेञ्चमा बस्दै आएको थियो । १२ साउनमा एमालेसँगको सहमतिपछि कांग्रेसले दुई दिनभित्रै सरकारमा सहभागी हुने बताएको थियो । तर आन्तरिक भागबण्डा मिलाउन नसकेपछि सरकारमा सहभागी भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?