+
+

खेलाडीलाई ओलीको आग्रह : एशियन गेम्सलाई टार्गेट बनाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १९:१८

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२६ मा जापानमा हुने एशियन गेम्सलाई लक्षित गरेर तयारी गर्न खेलाडीहरुलाई आग्रह गरेका छन् ।

बुधबार राष्ट्रिय खेलकुद परिषद्को ६१ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले सीमित स्रोत साधनको बाबजुद राम्रो तयारी गर्नुपर्ने बताए ।

अब हाम्रो टार्गेट, जापानको एशियन गेम छ, त्यो हुनुपर्छ । ओलम्पिक, साउथ एशियन गेम टार्गेट हुनुपर्छ । हाम्रा खेलाडीहरुले जित्नुहुनेछ, जित्दै जानुहुनेछ’, उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालसँग खेलकुदका लागि पर्याप्त स्रोत साधन नभएपनि निरन्तरको अभ्यास र मेहनतले एकदिन अवश्य सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । उनले सक्दो बजेट खेलकुदका निम्ति छुट्याउने कोशिस गरेको पनि उल्लेख गरे ।

‘हामीसँग पर्याप्त साधन स्रोत छैन, सुविधा छैन । सरकार पनि अफ्ठ्यारो स्थितिमा छ । तैपनि हामीले सक्दो बजेट खेलकुदका निम्ति छुट्याउने कोशिस गरेका छौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?