+
+

बागमतीको योजना आयोग उपाध्यक्षमा डा. नेपाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १९:१७

२६ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजन आयोगको सदस्यमा सिन्धुपाल्चोकका डा. गंगादत्त नेपाललाई नियुक्त गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

नेपालले त्रिभुवन विश्वविद्यालयबाट जल र जलवायु परिवर्तनमा विद्यावारिधि हासिल गरेका छन् । उनीसँग लामो समय खानेपानी तथा सरसफाइ विभागमा रहेर काम गरेको अनुभव छ ।

यस्तै, बागमती सरकारले प्रदेश योजना आयोगको चार जना सदस्यमध्ये दुई सदस्य नियुक्त गरेको छ । मन्त्री लामिछानेका अनुसार काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दिपेन्द्र श्रेष्ठलाई सदस्यमा नियुक्त गरिएको हो ।

आयोगको बाँकी दुई जना सदस्य (महिलासहित) को नियुक्ती आगामी मन्त्रिपरिषद्ले गर्ने मन्त्री लामिछोने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?