+
+

एनसेलको आयोजनामा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १९:२९

काठमाडौं । एनसेलले कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा ३०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएको कम्पनीले जनाएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मुटु रोग लगायत अन्य रोगका विशेषज्ञहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा ईसीजी, मधुमेह तथा रक्तचाप जाँच लगायतका सेवा प्रदान गरिएको थियो भने आवश्यकता अनुसार निःशुल्क औषधि समेत वितरण गरिएको कम्पनीले जनाएको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो ।

यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका–३, फुलिका स्वास्थ्य चौकीमा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले जानकारी दिइन् ।

समुदायस्तरका नागरिकका लागि फाइदा हुने काम गर्न कम्पनी सधैं प्रतिबद्ध रहेको खड्काले जानकारी दिइन् ।

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?