+

बागमती खेलकुद विकास परिषद्को सदस्य सचिवमा दिपक लामा नियुक्त

२०८१ भदौ  २६ गते १९:४८ २०८१ भदौ २६ गते १९:४८
बागमती खेलकुद विकास परिषद्को सदस्य सचिवमा दिपक लामा नियुक्त

२६ भदौ, हेटौंडा। बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद् बागमतीको रिक्त सदस्य सचिव पदमा नुवाकोटका दिपक लामालाई नियुक्त गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उसु खेलाडी लामालाई सदस्य सचिवमा नियुक्त गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । नुवाकोट बागमतीका मुख्यमन्त्री बहादुर सिं लामाको गृह जिल्ला पनि हो । यसअघिका सदस्य सचिव सुर्यलाल भण्डारीको असार २४ बाट कार्यकाल सकिएकाले उक्त पद रिक्त थियो ।

बागमतीमा युवा तथा खेलकुद मन्त्रालय भए पनि खेलकुद परिषद्को सदस्य सचिवको नियुक्ति सामाजिक विकास मन्त्रालयको सिफारिसमा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको सहमतिबाट भएको छ । शालिकराम जम्कट्टेल नेतृत्वको अघिल्लो सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको थियो । तर, परिषद् सामाजिक मन्त्रालय मातहत नै रहेको छ ।

परिषद्को अध्यक्ष सामाजिक विकास मन्त्री हुने व्यवस्था छ । प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा ३ को उपदफा २ (क) अनुसार परिषद्को अध्यक्ष सामाजिक विकासमन्त्री हुने भनिएको छ । जस कारण सामाजिक विकासमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्बाट परिषद्को सदस्य सचिव नियुक्ती गरिएको हो ।

खेलकुद मन्त्रालयको राय सहमति लिएरै सामािजक विकास मन्त्रालयको सिफारिसमा सदस्य सचिव नियुक्ती गरिएको सरकारका प्रवक्ता लामिछानेले जानकारी दिए ।

खेलकुदमन्त्री महर्जनका अनुसार प्रदेश खेलकुद विकास ऐन संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । मन्त्रिपरिषद्बाट कानुनी संशोधनको प्रस्ताव स्वीकृत गरेर प्रदेशसभामा लैजाने सहमति भएको मन्त्री लामिछानेले बताए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दरबन्दी स्वीकृत भएको छ ।

खेलकुद विकास परिषद् दिपक लामा बागमती खेलकुद परिषद्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय