+
+

रंगेली नगरपालिका विरुद्धको आन्दोलनमा विराटनगरका मेयर सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १९:५१

२६ भदौ, विराटनगर । रंगेली नगरपालिका विरुद्धको आन्दोलनमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सहभागी भएका छन् ।

रंगेली नगरपालिकाले निर्धारण गरेको करको विरुद्ध नेपाली कांगे्रसले आन्दोलन गरिरहेको छ । कोइराला बुधबार दिउँसो रंगेली नगरपालिका नेतृत्वविरुद्धको आन्दोलनमा सहभागी भएका हुन् ।

नगरपालिका विरुद्धको आन्दोलनका क्रममा कोइराला मंगलबार पनि रंगेली पुगेका थिए । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसँगै पुगेका उनले आन्दोलनरत पक्षसँग प्रशासनको टोलीसँग बसेर छलफल गरेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आन्दोलनरत पक्षलाई पालिका प्रमुख फर्किएपछि छलफलबाट समस्या समाधान गर्न आग्रह गरिएको थियो । तर कांग्रेस तयार भएन ।

रंगेली नगर प्रमुख दिलिप बगडिया भने उपचारको सिलसिलामा भारतमा छन् । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

रंगेली नगरपालिकाले कर वृद्धि गरेपछि पार्टी त्यसको विपक्षमा उभिएको कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।आन्दोलनमा विराटनगर महानगरपालिकाका प्रमुख कोइराला पनि सहभागी उनले बताए ।

विराटनगरका प्रमुख कोइरालाले भने पालिका प्रमुखको हैसियतमा नभइ पार्टीको तर्फबाट आन्दोलनमा सहभागी भएको बताए । ‘म नेपाली कांग्रेस जिल्लाको उपसभापति हो, रंगेलीमा उपसभापतिको रुपमा सहभागी भएको हुँ’, कोइरालाले भने ।

नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिदैछ । अधिवेशनमा मेयर कोइरालाले सभापतिमा उठ्ने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?