+
+

अरुले नदेख्ने गरी यसरी ब्लर गर्नुहोस् ह्वाट्सएप च्याट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते ८:५९

सोसल मिडिया एपले भरिएको प्रविधिको जगतमा  गोपनीयता हाम्रो सर्वोच्च प्राथमिकता हुनुपर्छ। हामी दैनिक काम  तथा व्यक्तिगत उपयोगका लागि WhatsApp जस्ता च्याट एपहरुको अत्यिधक प्रयोग गर्दछौं।

आफूले ह्वाट्सएपमा गर्ने च्याटहरू सुरक्षित तथा गोपनीय होउन् भन्ने चाहना सबैको हुन्छ। तपाईंले ह्वाट्सएपको वेब भर्सन प्रयोग गरिरहनुभएको छ भने आफ्नो च्याटलाई ब्लर गर्न सक्नुहुन्छ ताकि अरुले झ्वाट्ट हेर्दा तपाइँका ह्वाट्सएप च्याट देख्न सक्दैनन् ।

ह्वाट्सएप च्याटलाई कसरी ब्लर गर्ने ?

हामीमध्ये अधिकांश मानिहरूले काम तथा व्यक्तिगत उपयोग का लागि WhatsApp लाई आफ्नो मुख्य सम्पर्क माध्यमका रुपमा  प्रयोग गर्दछौं । जब तपाईंले आफ्नो कार्यस्थलमा WhatsApp चलाउनुहुन्छ भने तपाईंको व्यक्तिगत तथा कार्यसम्बद्ध च्याट लिक हुने खतरा हुनसक्छ । यस्तोमा आफ्नो गोपनीयता कायम गर्नका लागि तथा संवेदनशील जानकारीहरूको सुरक्षाका लागि तपाईंले एउटा वेब एक्सटेन्सन इन्स्टल गरेर सजिलैसँग आफ्नो ह्वाट्सएप च्याट ब्लर गर्न सक्नुहुन्छ।

डेस्कटपमा ह्वाट्सएप च्याट ब्लर गर्ने तरिका :

  • सबैभन्दा पहिले क्रोम ब्राउजरमा: www.chromewebstore.google.com टाइप गरेर क्रोम वेब स्टोरमा जानुहोस् ।
  • त्यसपछि सर्चबारमा माPrivacy Extension For WhatsApp Web टाइप गर्नुहोस्
  • एक्सटेन्सन पेज खुलेपछिAdd To Chrome बटनमा क्लिक गर्नुहोस्
  • त्यसो गरेसँगै एक्सटेन्सन डाउनलोड हुनेछ र प्रयोगका लागि तयार हुनेछ।
  • आफ्नो डिभाइसलाई लिंक गर्नका लागिWhatsApp Web मा लगइन गर्नुहोस् ।
  • त्यसपछि आफ्नो ब्राउजरको माथि दायाँपट्टिको कर्नरमाExtensions अप्सनमा जानुहोस्
  • Privacy Extension For WhatsApp Webआइकनमा क्लिक गर्नुहोस्
  • जब एक्सटेन्सनको सब मेन्यू खुल्दछ तब आफ्नो रोजाइ अनुसारका सबै प्राइभेसीसेटिंग्स थप्न सक्नुहुन्छ।
  • ह्वाट्सएप वेबको वेबपेज रीलोड गर्नुहोस् । यति गरेपछि अब तपाईंका च्याट ब्लर हुनेछन् ।
  • तपाईंले ह्वाट्सएप च्याटलाई अनब्लर गर्न र त्यसलाई हेर्नका लागि कर्सरलाई च्याटको माथि घुमाउनु पर्दछ।

स्मरण रहोस् ह्वाट्सएपको मोबाइल एप्लिकेसनमा चाहिं हालसम्म च्याट ब्लर गर्ने सुवधा छैन । यद्यपि तपाईंले ह्वाट्सएप च्याट लक गर्न तथा फोनमा anti-spy privacy screen को प्रयोग गर्नपनि सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?