+
+

यो हो संसारकै सानो भ्याकुम क्लिनर, नङभन्दा पनि सानो छ आकार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते ९:१२

घर अफिस वा अन्य ठाउँको भुईं सफा गर्नका लागि भ्याकुम क्लिनरको प्रयोग गर्नुभएकै होला । उसो त कम्पनीहरूले ग्राहकहरुको सजिलोका लागि छरितो तथा सानो आकारको भ्याकुम क्लिनर बनाउने गरेका छन् । तर, के तपाईंले मानिसको औंलाको नङभन्दा पनि सानो भ्याकुम क्लिनर देख्नुभएको छ । संसारमा एउटा यस्तो भ्याकुम क्लिनर बनेको छ जुन केवल ०.२५ इन्च लामो छ।

भाततीय युवा तपाला नदामुनिले उक्त भ्याकुम क्लिनर तयार पारेका हुन् । यो भ्याकुम गिनिज बुकमा दर्ज भैसकेको छ। ती युवाले एकपटक होइन दुईपटक उक्त उपाधि हासिल गरेका छन् ।

नदामुनिको नयाँ भ्याकुम क्लिनर जम्मा ०.६५ सेमीको छ । यो मानिसको औंलाको नङभन्दा पनि सानो हो। यो डिभाइस सन् २०२२ मा उनले निर्माण गरेको मेसिनभन्दा ०.२ सेन्टिमिटर छोटो छ ।

गिनिज वर्ल्ड रेकर्डसका अनुसार भ्याकुम क्लिनरको मापन यसको सबैभन्दा सानो हिस्साबाट लिइन्छ । अर्थात ह्याण्डल र पावर कर्डलाई नापिंदैन ।

सन् २०२० मा पनि नदामुनिले १.७६ सेन्टिमिटरको एउटा भ्याकुम क्लिनर बनाएका थिए । जब उनको त्यो रेकर्ड तोडियो तब उनले त्यसभन्दा सानो भ्याकुम क्लिनर बनाएर पुनः आफ्नो नाममा कीर्तिमान बनाउने कोसिस गरे । त्यसमा उनी २ पटक असफल भए । त्यसपछि उनले ५० भन्दा अधिक डिजाइन तयार पारे ताकि उनको डिभाइस मापदण्डमा खरो उत्रिन सकोस् । त्यसमध्ये एउटा छनोट गरी उनले उत्कृष्ट भ्याकुम क्लिनर तयार पारे ।

गिनिज वर्ल्ड रेकर्डसका अनुसार भ्याकुम क्लिनर एउटा विद्युतीय उपकरण हो । यसले विशेष सिष्टममा काम गर्दछ । यसमा मोटरको मद्दतले हावाको प्रेसर बनाइन्छ। त्यस क्रममा धुलो माटोभित्र आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?