+
+

पोखरा–मुग्लिन सडक निर्माणमा ढिलाइले दुर्घटनाको जोखिम

सविन लामिछाने सविन लामिछाने
२०८१ भदौ २७ गते १०:००

२७ भदौ, दमौली । बुधबार तनहुँमा भएको छुटाछुटै सवारी दुद्र्यटनामा परेर एक जनाको मुत्यु र ११ जना घाइते भए । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको भयो भने आँबुखैरेनीमा खहरेमा यात्रुवाहक बस खस्दा ११ जना घाइते भए ।

फरकफरक दुर्घटना भए पनि दुवैको कारण प्रकृति भने एकै छ, तीव्र गति । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पछिल्लो समय पृथ्वीराजमार्गमा भएका अधिकांश दुर्घटना तीव्रकै कारण भएका छन् ।

रायका अनुसार बुधबार ११ जना घाइते हुने गरी भएको बस दुर्घटनाको कारण एकातिर तीव्र गति हो भने अर्कातिर सडकको कारण पनि हो । पोखरा–मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइका कारण दैनिक रूपमा सवारी दुर्घटनाहरू बढ्न थालेको स्थानीय बताउँछन् ।

स्थानीय सफल पण्डित भन्छन्, ‘कतै सडक पीच भएको छ भने कतै खाल्डाखुल्डीका कारण दुर्घटनाहरू बढिरहेका छन् ।’

निर्माणाधीन अवस्थामा रहेको उक्त राजमार्गमा तीव्र गतिमा सवारी साधन कुदाउँदा दुद्र्यटना हुने गरेको आँबुखैरेनी–जामुने सडकखण्डका अनुज विमलीले बताए । उनका अनुसार सडक विस्तार ढिलाइले दुर्घटनामात्रै नभएर पर्यटन क्षेत्रमा पनि प्रतिकुल असर परेको छ ।

यो सडकखण्ड सहरी क्षेत्रमा ६ लेन र अन्य भागमा ४ लेनमा विस्तार भइरहेको छ । पूर्वी खण्डको काम आधाभन्दा बढी पूरा भइसकेको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ ।
पोखरा–मुग्लिन सडकको आँबुखैरेनीदेखि पोखरासम्मको पहिलो चरणको काम भइरहेको छ ।

आँबुखैरेनीदेखि जामुने र जामुनेदेखि पोखरासम्मका दुई खण्डमा काम सम्पन्न भएको छ भने आँबुखैरेनीदेखि मुग्लिनसम्मको काम अझै सुरु भएको छैन ।

चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आँबुखैरेनी–जामुने खण्डको निर्माण ठेक्का ६ अर्ब २१ करोडमा लिएको छ । पश्चिम खण्डको करिब ३९ किलोमिटरको काम चीनको यनहुई काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोडमा लिएको छ ।

यो काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने थियो तर प्रगति कमजोर देखिएपछि म्याद १०१ दिन थप गरिएको छ । हालसम्म पश्चिम खण्डमा २० किलोमिटर दुई लेन सडक कालोपत्र गरिएको छ र ५ वटा पुल निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?