+
+

पाँच महिनादेखि चिकित्सक यादव सम्पर्कविहीन

रासस रासस
२०८१ भदौ २७ गते १०:०९

२७ भदौ, जलेश्वर । महोत्तरीको भंगाहा नगरपालिका–२ बखरी गाउँका ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ । काठमाडौँमा बस्दै आउनुभएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि सम्पर्कविहीन भएको यादवकी श्रीमती पुनमकुमारीले बताएकी छन् ।

यादव परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासन गुहारेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोन संवाद गरेका थिए ।

सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमती पुनमकुमारीले बताइन् । प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?