+
+

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते ११:३२

२५ भदौ, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  सहभागी छन् ।

प्रधानमन्त्री ओलीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब आधा घण्टा छलफल भइसकेपछि कांग्रेस सभापति देउवा पनि सहभागी भएका स्रोतले बतायो ।

उपसभामुख इन्दिरा रानामगर प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु भेला भएको बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयलेले संवैधानिक परिषद बैठक अगाडि तीन नेताबीच समझदारी जुटाउन प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?