+
+

निश्चल बस्नेतले ग्याङ्स्टर फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १२:२३

काठमाडौं । निर्देशक निश्चल बस्नेतले ग्याङ्स्टर–एक्सन–थ्रिलर फिल्म ‘डेनी डेन्जरस’को घोषणा गरेका छन् । माघ वा फागुनदेखि छायांकन सुरु हुने फिल्मको निर्माण निश्चलकै ब्ल्याक हर्स पिक्चर्सले गर्नेछ ।

‘अहिले देशमा धेरै समस्या छन् । तीमध्ये कुनै समस्यालाई हामीले काल्पनिक रुपमा चित्रण गर्न लागेका हौं’ आगामी फिल्मबारे निश्चलले अनलाइनखबरसँग भने, ‘अहिले गीतको तयारी भइरहेको छ ।’

उनले कलाकारको लाइनअप तयार हुने क्रम जारी रहेको बताए । नेपाल, भारत, थाइल्याण्ड र बंगलादेशमा छायांकनको तयारी रहेको यो फिल्म निश्चलको पाँचौं निर्देशकीय प्रोजेक्ट हुनेछ ।

‘यसमा समय लिएर काम हुनेछ’ उनले भने, ‘अहिले स्क्रिप्ट लेखनमा हामी जुटिरहेका छौं ।’ उनले यसअघि लुट, टलकजंग भर्सेस टुल्के, लुट २ र दिमाग खराब निर्देशन गरेका छन् ।

बुधबार राति सामाजिक सञ्जालबाट उनले थिम पोस्टर सार्वजनिक गरेका छन् । जसअनुसार यो फिल्मलाई सन् २०२५ मा प्रदर्शनको लक्ष्य छ । उनको कम्पनीले निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ असोज १७ देखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?