+
+

कोशीमा अब ट्रायल पास गरे लगत्तै अस्थायी लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १२:५७

२७ भदौ, विराटनगर ।  कोशी प्रदेश सरकारले  अस्थायी लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण थालेको छ । स्मार्ट कार्ड आउन समय लाग्ने भएपछि प्रदेशले क्युआर कोडसहित अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो ।

अब प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेलगतै अस्थायी लाइसेन्स कार्ड वितरण गरिनेछ ।   प्रदेशमा स्मार्ट लाइसेन्स’ ३ वर्षसम्म आइपुगेको छैन ।

बुधबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट अस्थायी कार्ड वितरण सुरु गरिएको थियो । पहिलो सेवाग्राहीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अस्थायी कार्ड वितरण गरे । मुख्यमन्त्री कार्कीले अबदखि ‘ट्रायल’ पास भएलगत्तै लाइसेन्स पाइने जानकारी दिए ।

कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालयहरू ७ वटा छन् । केही साता भित्र सबै कार्यालयबाट अस्थायी लाइसेन्स वितरण हुनेछ । प्रदेशमा नयाँ, थप र प्रतिलिपिसमेत गरी अहिले कोशीबाट मासिक १८ हजार सवारी चालक अनुमतिपत्रको लागि निवेदन दिने गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?