+
+

इजरायलको आक्रमणबाट संयुक्त राष्ट्रसंघका ६ कर्मचारीसहित ३४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १३:१४

२७ भदौ, काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलाबाट संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित ३४ जनाको मृत्यु भएको छ । मारिनेमा ६ बालबालिका र १९ महिलासमेत छन् ।

इजरायली सेनाले बुधबार अल जाउनी स्कुलको शरणार्थी शिविरमा आक्रमण गरेका थिए । आक्रमणबाट शिविर र नजिकको दुई वटा घरमा क्षति पुगेको छ ।

आक्रमणबाट प्यालेस्टिनी शरणार्थीका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यु.एन.आर.डब्ल्यू.ए.) मा कार्यरत कर्मचारीहरु पनि मारिएका हुन् ।

गत अक्टुबरमा इजरायल र हमासबीच लडाइँ सुरु भएपछि संयुक्त राष्ट्रसंघका सबैभन्दा धेरै कर्मचारीहरु मारिएको यो पहिलो घटना हो ।

इजरायली सेनाले भने अल जाउनी स्कुल भित्रबाट आक्रमणको योजना बनाउने आतंकवादीहरुमाथि सटिक हमला गरेको जिकीर गरेको छ । उसको दाबी के पनि छ भने आक्रमणबाट सर्वसाधारणको कमभन्दा कम क्षति होस् भनेर पर्याप्त ध्यान राखिएको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले इजरायलको आक्रमणको निन्दा गरेका छन् । शरणार्थीहरु बसेको स्कुलमा गरिएको आक्रमण असह्य भएको भन्दै उनले इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको समेत बताएका छन् । यस्ता आक्रमण रोक्न उनले अनुरोध समेत गरेका छन् ।

राष्ट्रसंघका अनुसार उक्त स्कुल १२ हजारभन्दा बढी शरणार्थीहरुको आश्रय स्थल हो ।

उक्त स्कुलमा ११ महिनाको बीचमा पाँचपटक आक्रमण भइसकेको छ । तर बुधबारको आक्रमण सबैभन्दा ठूलो हो । त्यही स्कुलमा यसअघिको आक्रमणबाट १४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?