+
+

दयाहाङ र आँचलले थाले ‘दुःखी आत्मा’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १३:२६

काठमाडौं । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुःखी आत्मा’को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा सुटिङ भइरहेको छ ।

सुटिङ सुरुसँगै ‘दुःखी आत्मा’को सेटबाट दयाहाङ र आँचलको केही तस्वीर सार्वजनिक भएका छन् । हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर बाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, रियर राई, यासेली योङहाङ लगायतले अभिनय गर्दैछन् ।

पूरा फिल्म काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने निर्देशक लामाले जानकारी दिएका छन् । निर्माता कडरियाले आफूहरुले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क क्रियसन्सको ब्यानरमा रहेको ‘दुःखी आत्मा’ सोसल-कमेडी फिल्म हो । आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामिछानेको नृत्य रहेको फिल्मको प्रोडक्सन म्यानेजर सुदीप ढकाल छन् ।

सुटिङ सकिएपछि मात्रै तय गरिने निर्माता कडरियाले जानकारी दिएका छन् । निर्देशनको हिसाबले ‘दुःखी आत्मा’ निर्देशक लामाको छैटौं फिल्म हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् ।

बाहिर हामी सबैको मुहार हँसिलो देखिए पनि भित्रभित्रै कति दुःखी भइरहेका हुन्छौं, त्यही अवस्थालाई प्रतीकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं’ निर्देशक लामाले भने, ‘फिल्मले मानवीय स्वभावका विभिन्न आयाम प्रस्तुत गर्ने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?