+
+

राजन भट्टराईको निर्देशन : मोजमस्ती र रमाइलो गर्नेहरु नेतृत्वमा नबस्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १३:४८

२७ भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले सरकारबारे भइरहेको गलत प्रचारको खण्डनमा उत्रन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

बागमती प्रदेश इन्चार्ज रहेका भट्टराईले सिन्धुली एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै सरकारको रक्षार्थ उभिन पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।

‘सरकारमा रहँदा केही नगर्ने र सरकारबाट बाहिरिनासाथ विभिन्न खालका गलत प्रचार गर्ने काम भइरहेको छ’ उनले भने, ‘सरकारबारे भइरहेको गलत प्रचारको विरुद्ध उभिनुहोस् ।’

भट्टराईले पाटी अनुशासनबारे पनि चर्को निर्देशन दिए । अनुशासित भएर काम गर्न नसक्नेले नेतृत्वमा रहन नहुने उनले बताए ।

‘पार्टीमा मोजमस्ती र रमाइलो गर्नेहरु नेतृत्वमा नबस्नुस्, नेतृत्वमा बस्नेहरुले पार्टीको नीतिभित्र बसेर काम गर्नुस्’, भट्टराईको निर्देशन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?