+
+

७८ अंक बढ्यो बजार, कारोबारमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १५:१२

२७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ ।

३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ८ अर्ब १६ करोडको भयो । अघिल्ला दिनसम्म अन्तिम समयतिर उच्च दरले घट्ने गरेको बजारमा बिहीबार भने उल्टो स्थिति देखियो । १ : ४६ बजेदेखि बजार उच्च दरले उकालो लाग्यो ।

२२९ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ३ को स्थिर रह्यो । सबैजसो क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.६६, विकास बैंक २.७०, फाइनान्स ३.४०, होटल तथा पर्यटन २.५०, हाइड्रोपावर ४.२४, लगानी ३.७२, जीवन बीमा ३.४६, उत्पादन २.१४, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा २.०१, अन्य ३.८२ र व्यापार ०.६३ प्रतिशत बढे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी, एसियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर तथा इमर्जीङ नेपालको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै मायाखोला हाइड्रोपावरको ९.८, मकर जितुमाया सुरी हाइड्रोपावरको ९.६, एचआईडीसीएलको ९.२ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । सोबाहेक मूल्य धेरै घट्नेमा म्युचुअल फन्डका योजनाहरु अगाडि रहे ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपि पावर र एचआईडीसीएल संस्थापक सेयर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?