+
+

गरिबी घटाउन कृषिमा लगानी बढाउनुपर्छ : कृषिमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १४:२७

२७ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषक माझ रहेको गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् ।

विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले कृषि उत्पादन वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताउँदै बैंक तथा वित्तीय संस्था मार्फत कृषिमा लगानी बढाउन सहजीकरण गर्ने बताए ।

‘निजी क्षेत्र र सहकारी क्षेत्रको लगानी अपेक्षा गरे अनुरूप हुन नसक्दा कृषि क्षेत्रको आधुनिकीकरण एवम् व्यवसायीकरण हुन सकिरहेको छैन,’ मन्त्री अधिकारीले भने, ‘कृषिमा निजी क्षेत्रले लगानी गर्ने वातावरण निर्माण गर्न जरुरी छ ।’

निजी क्षेत्रको सहभागिता बिना लगानी दशकले सार्थकता पाउन गाह्रो रहेको बताउँदै उनले भने, ‘कृषिमा लगानी दशकको अभियानले वर्तमान शासकीय संरचनाका तीनवटै तह, कृषक, सहकारी, निजी क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित गर्ने छ ।’

मन्त्री अधिकारीले दुग्ध किसानको बक्यौता रकम भुक्तानीको चरणमा रहेको बताए । दुग्ध विकास संस्थान मार्फत दुग्ध किसानको बक्यौता रकम भुक्तानीका लागि सरकारले काम गरिरहेको उनको भनाइ छ ।

उनले देशमै दुग्ध पदार्थको विविधीकरणका साथै बजारीकरणको खोजी गर्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?