+
+

रास्वपाको राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १६:१८

२७ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । रास्वपाले पहिलो राष्ट्रिय भेला १ र २ असोजमा काठमाडौंमा गर्न लागेको छ ।

राष्ट्रिय भेलाको तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले १५ सय हारहारी प्रतिनिधि उपस्थित हुने जानकारी गराए ।

बुर्लाकोटीलेले भने ‘राष्ट्रिय भेलामा करिब १५ प्रतिनिधि आउने तयारी छ । प्रतिनिधिहरुको चाप छ ।’ रास्वपाले राष्ट्रिय भेलाको तयारीको लागि १५ वटा उपसमिति गठन गरेको थियो ।

राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले प्रस्तुत गर्ने भएका छन् । ‘यो दुई वर्षको अवधिमा रास्वपाले भोगेका कुरा र अब अघि कसरी जाने कुराहरु समेटेर राजनीति प्रतिवेदन आउँछ’, बुर्लाकोटीले पत्रकार सम्मेलनमा भने ।

साथै, सांगठनिक, संसदीय मुल्य मान्यता, लिडरसीप एकेडेमी, सातै प्रदेशका सभापतिको प्रतिवेदन लगायत पेश हुने उनले जानकारी दिए । रास्वपा राष्ट्रिय भेलामा नीति दस्तावेज थप विस्तारित रुपमा ल्याउने भएको छ ।

राष्ट्रिय भेलाले महाधिवेशनको मितिले पनि घोषणा रास्वपाले जानकारी गराएको छ । राष्ट्रिय भेलाबाट अभियानहरु घोषणा गरिने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?