+
+

युट्युबको ग्लोबल ट्रेन्डिङमा नेपाली गीत ‘कश्मीरे पछ्यौरी’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १७:५५

कश्मीरे पछ्यौरी दार्जिलिङको रेल

लाम साइँली पिरती दुई दिन बाँचुन्जेल

आठ महिनाअघि रिलिज भएको नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बनेको छ । समाचार तयार पार्दासम्म बिहीबार यो गीत विश्वव्यापी ट्रेन्डिङको ९९ औं स्थानमा छ ।

गीतलाई अहिलेसम्म एक करोड ९० लाख पटक हेरिएको छ । निश्चल दवाडीको शब्द तथा संगीत रहेको यो गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर छ ।

युट्युबले ट्रेन्डिङमा परेका यी १०० गीतलाई पछिल्लो साता प्लाटफर्ममा सबैभन्दा लोकप्रिय गीतको वर्णानुक्रममा रहेको उल्लेख गरेको छ । यो गीत गत जनवरी १८ मा ‘बाबुकृष्ण परियार’ युट्युब च्यानलमा गीत रिलिज भएको थियो ।

गीतको अडियो पक्ष बलियो छ । सरल शब्द र लोकलयमा तयार गरिएको गीत मनछुने पनि छ । गीतको भिडियो पनि यसको आकर्षक पक्ष हो । गीत रिलिज भएको केही महिनासम्म यसले युट्युबमा राम्रै भ्युज पायो । सरकारले टिकटकमा प्रतिबन्ध लगाएको समयमा रिलिज भएकाले अपेक्षाअनुसार गीत प्रवर्द्धन भने हुन पाएको थिएन ।

गत साता सरकारले टिकटकलाई सर्तसहित फुकुवा गरेपछि भने यतिबेला प्लाटफर्ममा यो गीत भाइरल बनिरहेको छ । यो गीतमाथि थुप्रै भिडियो बनिरहेका छन् । सोहीसँगै रिल्समा समेत यसमाथि भिडियो बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?