+
+

१ अर्ब लगानीमा दमौलीमा खुल्यो तीन तारे होटल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १७:००

२७ भदौ, काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले तनहुँको दमौलीमा सिद्धार्थ होटल सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थ हस्पिटालिटीले दमौलीमा रहेको एपेक्सेस हस्पिटालिटीसँग व्यावसायिक साझेदारी गरी सेवा विस्तार गरेको हो ।

बिहीबार पत्रकार सम्मेलन गरी सर्वसाधारणका लागि खुला गरेको जनाएको छ ।

एपेक्सेस हस्पिटालिटीले निर्माण गरेको महलमा सिद्धार्थ बिजनेसले होटल निर्माण गरेको हो ।

होटल र दुई हल रहेको परियोजनामा करिब १ अर्ब रुपैयाँ लगानी भएको एपेक्सेस हस्पिटालिटीका कार्यकारी प्रमुख सुशील न्यौपानेले जानकारी दिए ।

व्यास-२ स्थित नगरपालिकाको गेट अगाडि रहेको तीनतारे स्तरको होटलमा ३४ कोठा छन् । होटलमा अल डे डाइनिङ रेस्टुरेन्ट, बार रेस्टुरेन्ट र सिद्धार्थ क्याफे छन् ।

होटलमा १५० क्षमताको ठूलो सेमिनार हलसहित २ साना सेमिनार हल छन् ।

दमौलीमा होटल सञ्चालनपछि जिल्लाका पर्यटकीय गन्तव्यलाई लक्षित गरी पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सिद्धार्थ हस्पिटालिटी प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

ग्रुपले देशका एक दर्जनभन्दा बढी प्रमुख सहरमा हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?