+
+

यी हुन् यस वर्ष युट्युबमा धेरै हेरिएका तीज गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १७:१४

काठमाडौं । तीज पर्व सकिएको छ । यस वर्षको तीज सांगीतिक हिसाबले चर्चा, परिचर्चाको पर्व पनि बन्यो । एकातिर विष्णु माझीले ल्याएको गीतमा दर्शक-श्रोताले मौलिकताको गुण भेटे भने अर्कोतिर तीज गीतमा अश्लीलता र बेथिति मिसिएको भन्ने आरोपहरु पनि सामाजिक सञ्जालमा आए ।

तीजलाई लक्षित गर्दै यस वर्ष ३०० हाराहारीमा गीत रिलिज भएको बताइन्छ । तीमध्ये कमैले मात्र दर्शक-श्रोताको मन जिते । यहाँ यस वर्षको तीजमा युट्युबमा धेरै हेरिएका केही गीतको चर्चा गरिन्छ ।

आइन आमा यो तीजैमा (विष्णु माझी)

भदौ ८ गते सार्वजनिक भएको यो गीतलाई अहिलेसम्म झण्डै एक करोड ७० लाख पटक हेरिएको छ । विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीत टिकटक र रिल्समा समेत खुबै चल्यो । यसले हजारौं प्रतिक्रिया पनि प्राप्त गरेको छ । दर्शक-श्रोताबाट निकै प्रशंसित यो गीतलाई २४ घण्टामा १५ लाख पटक हेरियो, जुन युट्यबमा नेपाली गीतको रेकर्ड हो । यसमा आशिष अविरलको एरेन्ज छ । ललिता पौडेल फिचर्ड रहेको गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

मै लुरी (पशुपति शर्मा)

पशुपति शर्मा र प्रिया भण्डारीको स्वर रहेको यो गीतलाई युट्युबमा ६९ लाख ८८ हजार पटक हेरिएको छ । शब्द र संगीत गायक शर्मा स्वयंको हो भने एरेन्ज विश्वास नेपालले गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा पशुपति शर्मा र जुना विश्वकर्माले नृत्य गरेका छन् ।

काली पसम कि (शान्तिश्री परियार)

शान्तिश्री परियारको स्वर समावेश यो गीतलाई युट्युबमा ६६ लाख ५६ हजार पटक हेरिएको छ । यसमा प्रेम सापकोटा सोनुको शब्द र संगीत छ भने बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा स्मारिका ढकाल र जोन बम ठकुरी छन् ।

बरि लै (समीक्षा अधिकारी)

विमल अधिकारीको शब्द तथा संगीत रहेको गीत ‘बरि लै’ यस वर्ष युट्युवमा धेरै हेरिने तीज गीतमा पर्छ । समीक्षा अधिकारीको स्वर रहेको गीतलाई अहिलेसम्म ५५ लाख ६९ हजार पटक हेरिएको छ । टिकटक र रिल्समा समेत निकै रुचाइएको यो गीतको कम्पोज र कोरियोग्राफीको प्रशंसा भएको छ ।

मन परेको मान्छे (एलिना चौहान)

एलिना चौहानको स्वर समावेश गीत ‘मन परेको मान्छे’मा नेत्र अर्यालको शब्द र दीपक शर्माको संगीत छ । यो गीतलाई युट्युबमा ६६ लाखभन्दा बढी पटक हेरिएको छ । यो गीतको भिडियोमा अञ्जली अधिकारीले नृत्य गरेकी छन् ।

 थोरै थोरै लाज (शान्तिश्री परियार)

ऋषि खड्काको संगीत र शान्तिश्री परियारले गाएको गीत ‘थोरै थोरै लाज’ यस वर्षको तीजमा धेरै हेरिने गीतमध्ये पर्छ । यो गीतलाई युट्यबमा ५१ लाख ९२ हजार पटक हेरिएको छ ।

यसैगरी तीन साताअघि आएको शान्तिश्रीकै आवाज समावेश अर्को गीत ‘लौन नि भैया’लाई २६ लाख पटक हेरिएको छ । बालेन शाहको तीज गीतलाई ३३ लाख पटक हेरिएको छ । प्रीति आलेको स्वर रहेको तीज गीत ‘दुनियाँ’लाई ३१ लाखभन्दा बढी पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?