+
+

कोशी प्रदेश : सातवटा संसदीय समितिमा ७ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १७:३२

२७ भदौ, विराटनगर। प्रदेशसभाको मिनी संसद मानिने सात वटा संसदीय समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ । प्रदेशको विषयगत संसदीय समितिको सभापतिमा कांग्रेस र एमालेबाट ३–३ र माओवादी केन्द्रबाट १ जनाले मनोनयन दर्ता गरेको हो ।

प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नालले न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा मनोनयन दर्ता गर्नेछन् । उनीहरु नेकपा एमाले सांसद हुन् ।

सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राईले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु नेपाली कांग्रेसका हुन् ।

सार्वजनिक लेखा समितिको सभापतिमा राजन किरातीको उम्मेदवारी परेको छ । उनी नेकपा माओवादी केन्द्रका सांसद हुन् ।

सात वटै समितिको सभापतिमा एकल उम्मेद्वारी परेको प्रदेशसभा सचिवालयका सचिव पराजुलीले जानकारी दिए । सभापति निर्वाचित भएको घोषणा र सपथ ग्रहण भने शुक्रबार दिउँसो २ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?